चट्याङ लागेर एक जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको तुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

Saftey Pads

पुल बनाउने क्रममा उनलाई अचानक चट्याङको झट्का लागेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

वर्खायाममा खोला बढेर बाढी आउँदा तर्न समस्या हुने भएपछि मला टोलका स्थानीय बासिन्दाले रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन्। खोला नघटुन्जेलसम्म स्थानीय बासिन्दाले खोला वारपार गर्न अस्थायी बाँसको पुल बनाएर प्रयोग गर्ने गरेका छन्।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement