भ्रमण वर्ष २०२० सफल बनाउन यूरोपमा नेपाल सेल्स मिशन यूरोप २०१९ सम्पन्न

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल पर्यटन बोर्डको आयोजना तथा निजी क्षेत्रका व्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा नेपाल सेल्स मिसन यूरोप २०१९ सम्पन्न भएको छ ।

गत जुन १७ मा सुरु भई जुन २१, २०१९ मा चलेको कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेन्ट्स र टूर अपरेटरहरुलाई स्वागत सम्बोधन गरेका थिए ।

सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीहरुले यूरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दाबढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरुको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरुले पर्यटकलाई अवस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहरहरुमा यो सेल्स मिसनको आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएकी थिईन् ।

जसमा नेपालका विभिन्न पर्यटकिय आकर्षणहरु र पर्यटन प्रवर्द्धनमा नेपालले थालेको अभियानहरु समावेश गरिएका थिए ।

२०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर १० लाखको संख्या हासिल भएको थियो र बेनेलक्स क्षेत्रमा ३१ प्रतिशतको बृद्धि भएको थियो ।

Maruti Cement