अपर तामाकोशीको साधारण सभा स्थगित

Prabhu Bank

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा स्थगित भएको छ । बुधवारको लागि बोलाईएको आवश्यक सभा गणपुरक संख्या नपुगेकाले स्थगित गरिएको हो । कम्पनी ऐनमा साधारण सभा आयोजना गर्न ५१ प्रतिशत उपस्थिति हुनुपर्ने व्यवस्था रहेपनि अपर तामाकोशीको विनियमावलीमा ६७ प्रतिशत शेयरधनीको उपस्थिति हुनुपर्ने भएको रहेको कम्पनीका अध्यक्ष कुलमान घिसिङले जानकारी दिए ।

Saftey Pads

सर्वसाधारण लगानीकर्तालाई समेत समेटेर पहिलो पटक साधारण सभा बोलाएको अपरले विनियमावलीमा साधारण सभाको उपस्थितिको व्यवस्थालाई संशोधन गर्न आवश्यक ठानेको छ । कम्पनीका अध्यक्ष घिसिङले एक साताभित्र आगामी साधारण सभा गर्ने मितिको सूचना सार्वजनिक गर्ने जानकारी दिँदै उक्त सुचनामा सभाको गणपुरक संख्याको सम्बन्धमा पनि संशोधन प्रस्ताव समेटिने बताए ।

यस सभामा कम्पनीले सर्वसाधारणको तर्फबाट चार सञ्चालक निर्वाचन गर्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्ताव सहित आगामी साधारण सभा आयोजना गरिने कम्पनीले बताएको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आर्थिक वर्ष २०७३र७४ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि २०७२ सालको विनासकारी भूकम्पले र्पुयाएको क्षति र त्यसपश्चात मधेस आन्दोलनको कारण ढुवानी र इन्धन आपुर्तिमा भएको समस्याले पछि धकेलिएको कम्पनीले उल्लेख गरेको छ । हाल आयोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको समेत कम्पनीले जानकारी गराएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

अन्य सम्बन्धित समाचार:  पहिरोपीडितको व्यथा: त्रिपालभित्र जमरा राखेर दशैँ

आर्थिक वर्ष २०६५र६६ मा आयोजना निर्माण अवधि ६ वर्षे हुने अनुमान गरी वित्तीय विश्लेषण गर्दा आयोजनाको लागत रू. ३५ अर्ब २९ करोड र निर्माण अवधिको ब्याज अनुमान रू. १३ अर्ब २२ करोड सहित रू. ४८ अर्ब ५१ करोड हुने अनुमान गरिएको थियो । तर, निर्माण अवधि बढेसँगै लागत समेत बढ्न गएकाले आयोजनको प्रक्षेपित लागत अनुमान रू. ५१ अर्ब ९४ करोड र सोही अवधिको ब्याज रू. २१ अर्ब ७४ करोड पूँजीकरण सहित आयोजनाको कुल लागत रू. ७३ अर्ब ६७ करोड हुने अनुमान कम्पनीको छ ।

यस कम्पनीमा संस्थापकतर्फ नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दुरसञ्चार कम्पनीको ६ प्रतिशत, नागरिक लगानीकोषका २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत गरी ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै, सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । यी समूहबाट चुक्ता भएको पूँजी रू. १० अर्ब ५९ करोड छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement