प्रकाश सपूत र शम्भु राई बीच सहमति

Prabhu Bank

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूत र शम्भु राई बीच सहमति भएको छ । लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार छलफल गरि सपूत र राई बीच सहमति भएको हो ।

Saftey Pads

छलफलबाट गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने निर्णय गरिएको छ ।  गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ ।

सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको हो ।

Maruti Cement