‘पर्यटन वर्ष’ नजिकिँदै, पशुपति क्षेत्र विकास कोष मूकदर्शक

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपालले सन् २०२० लाई ‘नेपाल पर्यटन वर्ष’ को रुपमा मनाउँदै छ ।

विगतमा चलाईएका विभिन्न प्रवर्द्धनात्मक अभियानबाट नेपाल आउने पर्यटकहरुको संख्यामा वृद्धि गर्न सफल नेपालले आगामी सन् २०२० लाई ‘नेपाल पर्यटन वर्ष’का रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख बढी पर्यटक भित्र्याउन सफल भएको नेपाल सरकारले आगामी वर्षलाई ‘नेपाल पर्यटन वर्ष’का रुपमा मनाउन तम्सिएको हो ।

तर, सन् २०१९ को जुन महिना पनि सकिन लाग्दासम्म देशका अधिकांश पर्यटकीय क्षेत्रलाई विकास गर्ने संघसंस्थाहरु  मूकदर्शकजस्तै देखिन्छन् ।

काठमाडौंस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र विकास कोषको हालत पनि यस्तै छ । जुन क्षेत्र पर्यटकहरुको प्रमुख थलो पनि हो ।

“अहिलेसम्म भिजिट नेपाल २०२० को सचिवालयले धार्मिक पर्यटनलाई महत्त्व दिने र नदिने भन्नेबारे विकास कोष अनभिज्ञ छ ।” पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगाना भन्छन्, ‘हामी अहिलेसम्म पुनर्निर्माणमै छौं ।’

पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो, जहाँ दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य दर्शनार्थीको भीड लाग्छन् ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गरेको छ । यसका प्रचारप्रसारका लागि आठ करोड रूपैयाँ खर्च गर्ने निर्णयसमेत गरेको छ ।

 

Maruti Cement