जनवर्गीय संगठनले देशभर वृक्षरोपण गर्ने

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका २२ जनवर्गीय संगठनले देशव्यापी वृक्षरोपण गर्ने भएका छन् । सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधवार पार्टीका २२ जनवर्गीय संगठनको संयुक्त भेलाले असार १४ गते वृक्षरोपण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

Saftey Pads

नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल पार्नका निम्ति सक्रियतापूर्वक भाग लिने संगठनले जनाएको छ ।
‘नेपाल सरकारले यस आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । उक्त दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरूद्वारा सरकारको यस निर्णयलाई हार्दिक समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरिएको छ,’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

भेलापछि संयोजक गौतम र मन्त्री बस्नेतको हस्ताक्षरमा सार्वजनिक प्रतिवद्धता पत्रमा ७७ वटै जिल्लामा वर्षभर नै वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने र रोपिएका विरुवाको हेरचाह र संरक्षण गर्ने उल्लेख छ ।

Maruti Cement