भिरबाट लडेर एक जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । ओखलढुङ्गामा भिरवाट लडेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ साविकको बर्णालु गाविसका फुर्वाकाजी शेर्पाको ओखलढुङ्गा–रुम्जाटार सडक खण्डको हिले भन्ने ठाउँको सडकवाट करीब २ सय मिटर तल झरेर मृत्यु भएको हो ।

Saftey Pads

घटना बारे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ  गएको हुनाले थप विवरण आउन बाकी रहेको प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण
Maruti Cement