गृह मन्त्रालयका सह–सचिवको गाडीमा लक

Prabhu Bank

काठमाडौं । गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा प्रहरीले लक लगाएका छन् । ट्राफिक व्यवस्थापनको नियम पालना गराउने प्रहरी जवानले ‘नो पार्किङ’मा राखिएको सुवेदीको गाडीमा लक लगाएका हुन् ।

Saftey Pads

नियम मिच्ने चार पाङ्ग्रे सवारीमा ट्राफिक प्रहरीले लक लगाउन थालेको थियो । यहि क्रममा सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा सुवेदी चढ्ने गाडी पार्किङमा देखेपछि ति जवानले लक लगाइदिए ।

केही कर्मचारीले ति जवानलाई धम्क्याएका थिए । तर, सर्वसाधारण र प्रत्यक्षदर्शीले भने ट्राफिक प्रहरी जवानलाई स्याबास् दिएका छन् ।

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा२झ ३४६ नम्बरको गाडी राखेर सुवेदी चमेना गृह निस्किएका थिए । कतिपय सर्वसाधारणले ति जवानलाई कारबाही हुनसक्ने भन्दै त्यसो भएको खण्डमा राम्रो नहुने बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो
Maruti Cement