हिरा चोरेर ल्याउने कमिलालाई ‘संसारकै धनी कमिला’को संज्ञा(भिडियो सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

संसारमा विभिन्न समयमा विभिन्न घटनाहरु घटिरहेका हुन्छन् ।

ती घटनाहरु जस्तो पनि हुन सक्छन्, प्रिय,अप्रिय, रोमाञ्चित, अविस्मरणीय त कुनै हास्यास्पद नै पनि किन नहोस्? घटनाहरु घटि नै रहेका हुन्छन् ।

यस्तै अहिले एउटा घटना समावेश यस्तो भिडियो बाहिरिएको छ । जुन पत्याउनै गार्हो पर्छ, कि भिडियोमा एउटा कमिलाले धपक्क बलेको हिरा लिएर हिंडिरहेको छ । उसले हिरालाई सकि–नसकि घिसारिरहेको देखिन्छ ।

विशेषगरि सामाजिक संजाल(फेसबुक/ट्वीटर/यूट्युब)मा भाइरल भिडियो यूट्युबमा अपलोड गरिएको छोटो समयमै धेरैले हेरे पनि ।

भिडियोको बारेमा अमेरिकाको न्यूयोर्कबाट प्रकाशित न्यूयोर्क पोष्टले समेत स्थान दियो । पोष्टमा भनिएको थियो, “हिरा मालिकलाई फिर्ता दिए नदिएकोबारे पत्ता लागेको छैन ।”

यो रोमाञ्चित भिडियोलाई हेरि विभिन्न सामाजिक संजाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिन ।’ भिडियोलाई हेरि सबैले आ–आफ्नै तरिकाले टिका–टिप्पणी गरेका छन् । अर्का एक प्रयोगकर्ता लेख्छन्, ‘कसैले हिरा चोरेको हुनसक्छ, त्यसपछि आरोप चाहिँ कमिलालाई लगाईएको हुन सक्छ ।’

मनोज नारायण नामका प्रयोगकर्ता लेख्छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । भिडियो हेरिसकेपछि धेरैले यस्तै रमाईलै खालका टिकाटिप्पणीहरु गरेका छन् ।

जसवंत नाम गरेका अर्का प्रयोगकर्ता भन्छन्, ‘करोडपति कमिला’  भिडियोमा देखिएको सो कमिलालाई कसैले संसारकै धनी कमिलाको संज्ञासमेत दिएका छन् ।

डेथमेस्टर टू नामका अर्का एक प्रयोगकर्ता लेख्छन्, ‘यो कमिलालाई किन त्यो हिरा चाहियो?’

त्यस्तै कत्तिले कमिलालाई हिराको महत्व नै थाहा नभएको बताएका छन्, एक प्रयोगकर्ताले लेखेका छन्, ‘के कमिला पनि मानिस जस्तै मूर्ख हुन्छन्, जसले हिरालाई वहुमूल्य वस्तुको रुपमा हेर्ने गर्छ ।’

अन्तराष्ट्रिय स्तरको एउटा रिपोर्टमा भनिएको छ, ‘एउटा कमिलाले आफ्नो तौलभन्दा ५० गूणा बढी तौल सजिलै ठेल्न वा उचाल्न सक्छ ।’

त्यस्तैगरि लाइभ साईन्स वेबसाइटमाथि एक अमेरिकी यूनिभर्सिटीको जानकारले पनि कमिलाले आफूभन्दा ५० गूणा बढी गह्रुँगो तौल उठाउन सक्ने बताएका थिए ।

भिडियोः

Maruti Cement