अहिले सम्मकै कान्छी महिलाको हातमा डेनमार्कको सत्ताः  नेपालले केही सिक्ने की ?

Prabhu Bank

जुन २६ तारिकबाट  डेनमार्कले सबै भन्दा कम उमेरकी महिला प्रधानमन्त्रीको रुपमा  मेते फ्रेडरिक्सन  पाएको छ । २ छोरी र एक छोराकी आमा मेते  सन १९७७ मा डेनमार्कको चौथो ठूलो सहर आल्वर्ग मा जन्मिएकी हुन । हजुरबाका पाला देखिनै  राजनीतिमा सक्रिय  परिवारमा हुर्किएकी मेते १५ वर्षको उमेर देखिनै सोसिएल डेमोक्रेट्सको राजनीतिमा लागेकी हुन । शुरुमा ऊनी उक्त पार्टीको युवा सङ्गठनमा सक्रिय थिइन भने ऊनी २४ वर्षको उमेरमा कलेज पढ्दै गर्दा नै  डेनमार्कको सांसद बनिसकेकी थिइन ।  २०११ देखि २०१५ सम्म ऊनको पार्टीको  अल्पमतको सरकार हुँदा पनि ऊनले पार्टीको प्रवक्ता, संसदीय दलको उपनेता, रोजगार मन्त्री र कानुन मन्त्री जस्ता महत्वपूर्ण पदमा रहेर अनुभव  सम्हाली सकेकी छिन ।

Saftey Pads

सन २०१५ मा आम निर्वाचनमा उनको लेफ्ट विङ्ग को रेड व्लकले राइट विङगको व्लु व्लक सँग भन्दा कम सिट ल्याए पछि तत्कालीन प्रधानमन्त्री तथा सोसिएल डेमोक्रेटिक प्रमुख हेले थ्रोनिङ स्मिथ पछि हटिन र पार्टीको नेतृत्वको जिम्बेवारी मेतेले लिइन । हुन त यो निर्वाचनमा पनि पार्टीले २०१५ को निर्वाचनमा भन्दा  १ सिट मात्र वढी ल्याएको हो तर उसको रेड ब्लक समीकरणका पार्टीहरूले वढी सीटमा विजय प्राप्त गरे पश्चात उक्त रेड ब्लक समीकरणले सरकार बनाउन लागेको हो । १७९ सिट रहेको फल्केटिङेनमा रेडवब्लकमा रहेका Social Democrats,  Enhedsliste , Socialistic Folkeparti and Radikale Venstre  को  संसद्‍मा स्पष्ट बहुमत छ । तथापि उल्लेखित ३ पार्टीको सहयोगमा मेतेले अल्पमतको सरकार बनाउन लागेकी हुन । स्मरण रहोस् बिशौं शताव्दीमा  अहिले सम्म डेनमार्कमा  कुनै पनि एकल पार्टीले बहुमतको सरकार बनाउन सकेको छैन ।

प्रधानमन्त्रीको पदको सपथ खाँदा खाँदै सामाजिक सेवामा लगानी वृद्घि गर्ने तथा सन २०३० सम्ममा ग्रीन हाउस ग्यास उत्सर्जनलाई ७० प्रतिशतले कटौती गर्ने आफ्नो योजना मेतेले सार्वजनिक गरि सकेकी छिन । डेनमार्कको इतिहासमा बहुमतको सरकार नबनेको दशकौं हुँदा पनि राष्ट्रिय नीतिमा एकठाँउमा आउने राजनीतिक संस्कारको कारण, परराष्ट्र निती विशेष गरि शरणार्थीका विषयवस्तुमा एकठाँउमा उभिने दृष्टान्त छ ।

बहुसंख्यक आप्रवासीहरू सोसिएल डेमोक्रेट्ससँग आशावादी छन तथापि व्यक्तिगत रुपमा भने मेते आप्रवासीहरू प्रति त्यति उदार नेतृ भने होइनन् । डेनमार्कका रहेका शरणार्थी शिविरहरूलाई लिन्डहोल्म टापुमा स्थानान्तरण गर्ने डेनिस फल्के पार्टीको योजनाबाट भने  नयाँ सरकार पछि हट्ने  जनाई सकेको छ ।

डेनमार्क संसदीय शासन प्रणाली तथा संवैधानिक राजतन्त्र रहेको प्रजातान्त्रिक मुलुक हो  । डेनमार्कको राष्ट्र प्रमुख महारानी मार्गरेथ थर्ड हुन भने सरकार प्रमुख मेते हुँदैछिन्  ।  मानव विकास सुचकांकमा सँधै माथि रहने डेनमार्कको राजधानी सबैभन्दा खुशी मानिसहरू बस्ने शहरका रुपमा पनि चिनिएको छ । भर्खरै नेपालका सत्ता पक्ष,  प्रमुख प्रतिपक्ष दल लगायतका धेरै  नेताहरूले विभिन्न बहानामा डेनमार्क भ्रमण गरेका छन ।  तर डेनमार्क भ्रमण गर्ने नेपालको उच्च राजनीतिक नेतृत्वले नेपालमा पनि युवा र महिलाका हकमा अवसर सिर्जना गर्नेबारे केही सिक्लान् कि नसक्लान् यो त भविष्यकै गर्भमा छ। अझ अल्पमतको सरकार हुँदा पनि राष्ट्रिय नीतिमा एकठाँउमा आउने राजनीतिक संस्कारको कारण, परराष्ट्र निती विशेष गरि शरणार्थीका विषयवस्तुमा एकठाँउमा उभिने डेनमार्कको सुसंस्कृत राजनीति नेपालको राजनीतिक नेतृत्वले कहिले सिक्ला? नेपालका सत्ता पक्ष र प्रतिपक्षका नेताहरुको डेनमार्क भ्रमणकै सेरोफेरोमा डेनमार्कको सत्ता एउटी युवा उमेरकी महिला नेतृको हातमा आएको छ, तसर्थ डेनमार्कको राजनीतिक संस्कार, महिला अनि युवा नेतृत्वका सकारात्मक पक्षहरुले नेपालको राजनीतिक नेतृत्वलाई जिम्मेबार बन्न सक्ने सामर्थ्य प्रदान गरोस, शुभकामना।

Maruti Cement