पृथ्वी राजमार्ग पुनः सन्चालनमा

Prabhu Bank

काठमाडौं

Saftey Pads

बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा अवरुद्ध भएको पृथ्वी राजमार्गको पहिरो पन्छाएसँगै दुईतर्फी सन्चालनमा आएको छ ।

पहिरो पन्छाएसँगै बिहान ९ः३० बजे यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जथाभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको स्थानीयले बताएका छन् ।

Maruti Cement