नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो: भट्टराई

Prabhu Bank

काठमाडौं

Saftey Pads

केपी शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले बताएका छन् ।

उनले निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड हुदै बालुवाटार काण्डसम्मको जालोमा फसेको यो सरकारले भ्रष्टाचारको अन्त्य त, के भ्रष्टाचारको बिरोधपनि गर्न नसक्ने अबस्थामा रहेको तर्क गरे ।

पछिल्ला केहि घटनाहरुको समीक्षा गर्दै उनले भने, ‘सरकारले भाई–भाई भिडाउने काम गरिरहेको छ ।’ यस्तै उनले जनतालाई यो सरकारका मन्त्रीहरु समेत समान्ती देखिरहेका छन्, यो कस्तो सरकार हो? यसले कसरी जनताको प्रतिनिधित्व गर्छ? भनी प्रश्नसमेत गरे ।

अहिलेको सरकारलाई जनताले भ्रष्टाचारको अन्त्य गर भन्नु र जंगलबाट बाँदर ल्याएर मकैबारीको संरक्षणका लागि जिम्मेवारी दिनु एकै हुने उनले व्याङ्ग्य गरे ।

अन्य सम्बन्धित समाचार:  कोरोनाका कारण कांग्रेसले चियापान कार्यक्रम नगर्ने
Maruti Cement