यस्तो छ, पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको प्रारम्भिक प्रतिवेदन

Prabhu Bank

काठमाडौं

Saftey Pads

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजिक भएको छ ।

मन्त्री अधिकारी सहित ७ जना चढेको हेलिकोप्टर १५ फागुन २०७५ र दुर्घटनामा परेको थियो । खराब मौसमकारण हेलिकोप्टर दुर्घटनाकारण सार्वजिक प्रारम्भिक प्रतिवेदन भनिएको छ ।

ताप्लेजुङको पाथीभराबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको कारण खराब मौसम भनिए पनि पूर्ण प्रतिवेदन आउन केही समय लाग्ने मन्त्रालयले जनाएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार हेलिकोप्टर उडेको केही मिनेटभित्रै हिउँसहितको हिमाली आँधि आएको थियो र हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले हेलिकोप्टर नियन्त्रण गर्न गाह्रो भएकाले हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ ।

उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक हुनेछ । अनुसन्धानका क्रममा दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, पाइलटको मानसिक, सामाजिक,आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषण गरिने प्रवक्ता उपाध्याय बताए ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडा गएको चुहानडाँडामा प्रस्ताव गरिएको विमानस्थलको संभाव्यता अध्ययन गर्न मन्त्रिसहितको टोली तेह्रथुम गएको हेलिकोप्टर दुर्घटना परेको थियो। टोलीले विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कन लागेको टोली सवार हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीचमा रहेको सिस्ने खोलामा दुर्घटनमा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर धुब्रदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उप–सचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

अन्य सम्बन्धित समाचार:  भारतसँग बेका सम्झाैतापछि अमेरिकाले भन्याे- चीनविरुद्ध भारतको साथमा छाैं

क्याप्टेन केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए । त्यसको १ घण्टा पछि पौने १ बजे क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा भारी हिमपात भएको बताएका थिए ।

त्यसपछि सम्पर्क टुटेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

Maruti Cement