एसईईको नतिजा हेर्नको लागि टेलिकमले ल्यायो यस्तो सेवा(लिङ्क सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल टेलिकमले सदाझैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (सिम्बोल नं) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्नेछ ।

जस्तैः see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

अन्य सम्बन्धित समाचार:  गोकुल बाँस्कोटालाई उन्मुक्ति दिँदै अख्तियार

यसका साथै नेपाल टेलिकमको वेबसाइट मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।

Maruti Cement