क्लब छोड्दै म्यानचेष्टरका स्टार ‘सिल्भा’

Prabhu Bank

काठमाडौं

Saftey Pads

विश्व फुटबलका खेलाडी तथा म्यानचेष्टर सिटीका स्टार डेभिड सिल्भाले क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै २०१९ र २० को सिजनपछि आफूले सिटी छाड्ने घोषणा गरेका हुन् ।

२३ वर्ष पुगेका सिल्भा म्यानचेष्टर क्लबमा सन् २०१० मा अनुबन्ध भएका थिए । त्यसयता उनले सिटीको जर्सीमा चारवटा प्रिमियर लिगसहित चारपटक लिग कप र दुईपटक एफए कपको उपाधीसमेत जितेका छन् ।

सिल्भाले सिटीका लागि हालसम्म ३९५ खेल खेलेका छन् । भर्खरै सकिएको सिजनमा उनले सिटीका लागि ३३ खेल खेल्दै ६ गोल गरेका थिए ।

उनले हालै मात्र सिटीसँग एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर
Maruti Cement