बजेटमा असन्तुष्ट वडाध्यक्षहरुद्वारा महानगरको गेटमा ताला

Prabhu Bank

काठमाडौं

Saftey Pads

पोखरा महानगरपालिकाका वडाध्यक्षहरुले वार्षिक बजेटको विषयमा असन्तुष्ट जनाउँदै महानगरको गेटमा ताला लगाएका छन् ।

कांग्रेस निकट जनप्रतिनिधिले बिहीबार महानगरपालिकाको बजेट समानुपातिक नभएको भनी आन्दोलनमा उत्रिदैँ गेटमा ताला लगाएका हुन् ।

वडाध्यक्षहरूले ताला लगाएर धर्नासमेत दिएका छन् । महानगरले पाँचौ नगर सभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने उनीहरूको माग छ ।

नगरसभाको चौंथो दिन बुधबार महानगरले रेड बुक प्रस्तुत गरेको थियो । उक्त रेड बुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जिसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले बताए ।

अन्य सम्बन्धित समाचार:  रेडपाण्डाको छालासहित चार पक्राउ

पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेड बुक च्यातेर फ्यालेका हुन् । बजेट वडास्तरीय आएपनि नगरस्तरीय नआएको उनीहरूको आरोप छ । ‘बजेट पूरै केन्द्रीकृत रुपमा आएको छ । महानगरले पनि आफ्नो बजेट एकलौटी रुपमा वडालाई नदिएर आफूले मात्रै राखेर हुन्छ’ उनीहरुले भने ।

‘कुनै वडामा अत्याधिक धेरै छ । कुनै वडामा अत्यन्तै न्यून छ,’ वडाध्यक्ष लामिछानेले भने, ‘विषयगत रुपमा बजेट ल्याउँछौं भनेर भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ ।’

बुधबारको नगरसभा बैठकमा कांग्रेस निकट वडाध्यक्षले बजेट विनियोजन असमानजक भएको भन्दै रेड बुक च्यातेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको हो ।

अन्य सम्बन्धित समाचार:  दशैंको पाँचौ दिन बुधबार स्कन्दमाताको पूजा गरिँदै
Maruti Cement