डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Prabhu Bank

काठमाडौं

Saftey Pads

डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

डोल्पामा एक महिनामै पटकौं टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकको टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

टावर बनाउनको लागि अहिले कर्मचारीहरु खटाईएको छ । सदमूकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका छन् ।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement