२ लाख घुस लिने डिभिजन सिंचाई प्रमखु अख्तियारको फन्दामा

Prabhu Bank

काठमाडौं

Saftey Pads

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख दुई लाख घुससहित पक्राउ परेका छन् ।

कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैयाँ घुससहित अखितयारको फन्दामा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित उनकै कार्यकक्षाबाट नियन्त्रणमा लिएको हो ।

श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएका थिए ।

अन्य सम्बन्धित समाचार:  बन्द भएका बिदेशी च्यानल हेर्न केही समय पर्खनुपर्ने
Maruti Cement