मोदीलाई भारतीय जनताको सुझावः जनताको सेवा गर्न नेपाली प्रधानमन्त्रीबाट सिक

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपालले भारतीय तरकारी र फलफुल विषादी मिसिएको भन्दै सीमाबाट फिर्ता गरिदिएपछि भारतमा चलेको छ ।

हप्तौंदेखि सीमामा भारतीय ट्रक रोकिएपछि आफुसँग भएको पैसा सकिएको भन्दै चालकहरुले दुखेसो पोख्दै आएका छन् । भारतका विभिन्न राज्यहरुबाट नेपालमा फलफुल तथा तरकारी आउने गरेको थियो । नेपाल सरकारले उठाएको यस कदमलाई धेरै भारतीयहरुले सकारात्मक भनेका छन् ।

उनीहरुका अनुसार अब भारतले पनि विषादी परिक्षण गरेर मात्रै उपभोक्तलाई तरकारी तथा फलफुल वितरण गर्नुपर्ने हुन्छ । नेपाल सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछि मात्र नेपाल भित्र्याउने नीति बनाएपछि त्यसको असर भारतीय व्यापारीमा गम्भीर रुपमा देखिएको छ ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना: १७ जनाको मृत्यु

यो विषयलाई भारतीय संचारमाध्यमले प्रमुखताका साथ उठाईरहेका छन् । नेपाल सरकारले भारतबाट नेपाल जाने तरकारी र फलफूल किन्न रोक लगाएको भन्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार आउने गरेका छन् । भारतीय मिडियाहरुले नेपालको नयाँ नियम भन्दै ल्याब टेस्ट गरेपछि मात्र भारतबाट नेपाल भित्रिने तरकारी र फलफूललाई एनओसी प्राप्त हुने जनाएको छन ।

एनओसी प्राप्तभएपछि मात्र तरकारी र फलफूल नेपाल भित्रिने समाचारमा जनाइएको छ । ल्याब परीक्षणमा कमजोर देखिएपछि नेपालको भन्सार विभागले तरकारी र फलफूल बोकेका सयौं ट्रक फिर्ता गरेको बताइरहेका छन् ।

नेपाल सरकारले उठाएको यो कदमले भारतीयहरु पनि खुसी देखिएका छन् । उनिहरुले पनि अब तरकारी र फलफुल खाएका भरमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट छुट्कारा पाउँन भारतको नरेन्द्र मोदी सरकार वा राज्य सरकारले परीक्षणलाई अनिवार्य बनाउनुपर्ने र नेपालबाट धेरै कुरा सिक्नुपर्ने जनाएका छन् ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा जीप दुर्घटना: एक जनाको मृत्यु, एघार जना घाइते

साथै धेरै भारतीय नागरिकहरुले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसासमेत गरेका छन् ।

Maruti Cement