कोरियन भाषा परीक्षाको परिक्षाफल सार्वजनिक

Prabhu Bank

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति प्रकाशित गरेको हो ।
परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

Saftey Pads

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको छ । जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement