मन गरुङ्गो भयो, मुटु चिमोटियो, एक्कासी आँखा रसाएः शान्ता चौधरी

Prabhu Bank

काठमाडौं । नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरीले एसईईको नतिजा आउँदा मन भारी भएको बताएकी छन् । एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी चौधरीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाल्यकालको सपना आफ्ना सन्तान र उनीहरुका उमेरकासँग भए पनि पूरा गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकी हुन् ।

Saftey Pads

दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भएकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् । चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको बालगृहबाट ११ बालबालिकाको उद्धार

यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरीले बी प्लस ग्रेड ल्याइन् । अध्ययनमा पूरा समय दिन नपाएकाले परिणामसँग पूर्ण सन्तुष्ट भने हुन नसकेको उनले उल्लेख गरेकी छन् । उनले अघिको पढाईलाई निरन्तरता दिने पनि उल्लेख गरेकी छन् ।

 

Maruti Cement