चिनियाँ राष्ट्रपति सी र जापानी प्रधानमन्त्री आवेबीच १० बुँदे सहमति

Prabhu Bank

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङ र जापानी प्रधानमन्त्री सिन्जो आवेबीच दुई देशको सम्बन्धको विकासका लागि १० बुँदे सहमति भएको छ । चिनियाँ सरकारी समाचार ऐजेन्सी सिन्ह्वाले चिनियाँ उच्च कूटनीतिज्ञलाई उद्धृत गर्दै सहमति भएको जनाएको छ ।

Saftey Pads

जी २० सम्मेलनमा सहभागी हुन जापान पुगेका चिनियाँ राष्ट्रपति सी र जापानी प्रधानमन्त्री आबेबीच बिहीबार ओसाकामा द्विपक्षीय वार्ता भएको थियो । चीनको विदेश मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक उ जियाङहावले द्विपक्षीय सम्बन्ध विस्तारका लागि दुई नेताबीच १० बुँदे सहमति भएको जानकारी दिए ।

दुवै नेताबीच एकआपसमा रहेका मतभिन्नताहरुलाई सम्बोधन गर्ने विषयमा केन्द्रित रहने सहमति भएको थियो । यो सहमति भएसँगै दुई देशबीचको सम्बन्ध विकासको नयाँ युगमा प्रवेश गरेको दुवै नेताहरूले प्रतिक्रिया दिएका छन् ।
दुवै नेताहरुबीच राजनीतिक समझदारीलाई कायम गर्दै एक आपसका साझेदार बन्ने तथा एक अर्काका लागि चुनौती नबन्ने सहमति भएको छ। त्यस्तै एकअर्काबीच रहँदै आएको प्रतिस्पर्धालाई साझेदारीले प्रतिस्थापन गर्ने सहमतिसमेत भएको छ।
दुवै देशबीच उच्चस्तरमा राजनीतिक संवादलाई निरन्तरता दिने सहमति भएको छ। भेटवार्ताका क्रममा जापानी प्रधानमन्त्री आवेले जापान सरकारको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई जापानको राजकीय भ्रमणका लागि निम्तो दिएका छन्। त्यसका लागि दुवै नेताले आफ्ना कूटनीतिक अधिकारीहरूलाई तयारी थाल्न निर्देशनसमेत दिएका छन्।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

त्यस्तै दुवै नेताबीच दुई देशका साझा स्वार्थहरूमा मिलेर काम गर्ने सहमति भएको छ। विज्ञान प्रविधि, बौद्धिक सम्पत्तिको रक्षा, व्यापार तथा लगानी, वित्त, स्वास्थ्य, वृद्धवृद्धको सेवा, ऊर्जा बचत, वातावरणको संरक्षण र पर्यटनको क्षेत्रमा मिलेर काम गर्न सहमति भएको छ।

भेटवार्ताका क्रममा जापानले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सकारात्मक रहेको जनाएको छ। त्यस्तै चीनले बीआरआई अन्तर्गतका परियोजनाहरूमा उच्च गुणस्तरको निर्माण कार्यकालागि जापानलाई स्वागत गरेको छ। त्यस्तै दुई नेताबीच जनसम्बन्ध स्थापनाका लागि गैर सरकारी क्षेत्रमा समेत साझेदारी गर्ने र सुरक्षा र सञ्चारमा साझेदारी बढाउने सहमति भएको छ।

Maruti Cement