मन्त्रीमण्डल तत्काल पुनर्गठन नहुने

Prabhu Bank

काठमाडौँ । मन्त्रीमण्डल तत्काल पुनर्गठन नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उनका सल्लाहकार र नेकपाका नेताहरुका भनाई अनुसार पुनर्गठनको सम्भावना कम देखिएको हो । केही समय यता विभिन्न सञ्चारमाध्यममा मन्त्रीमण्डल पुनर्गठन हुने चर्चा चलेसँगै यसबारे प्रधानमन्त्री लगायत अन्य नेताहरुका प्रतिक्रिया आएका छन् ।

Saftey Pads

बिहीबार अध्यक्ष प्रचण्डसँग भेटेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीचमा यसबारे छलफल नभएको बताए । त्यस्तै स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभावकरले मन्त्री हेरफेरबारे पार्टीमा कुनै छलफल नभएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार पनि तत्काल मन्त्रीमण्डल हेरफेरको सम्भावना छैन । नेकपाका नेता र प्रधानमन्त्रीका सल्लाहकारको भनाईलाई प्रधानमन्त्री ओलीको भनाईले पनि पुष्टि गर्छ । प्रधानमन्त्रीले पनि तत्काल मन्त्रीमण्डल पुनर्गठनको सोचमा नरहेको बताएका छन्

अन्य सम्बन्धित समाचार:  दाङमा भैँसीले हान्दा मालिकको मृत्यु
Maruti Cement