पक्राउ परे सिरिन्ज आक्रमणका नाइकेः खुल्यो रहस्य

Prabhu Bank

काठमाण्डौ । शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।

Saftey Pads

रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडेको आरोपमा गएराति महाराजगन्जबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement