विद्युत प्राधिकरणमा जागिर खुल्यो, हेर्नुस कुन पदका लागि

Prabhu Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६५१ जना कर्मचारी माग गरेको छ। अधिकृत तथा सहायक स्तरका पदमा कर्मचारी भर्ना गर्ने भएको हो । प्राधिकरणले अधिकृत स्तरको पदका लागि १ सय ११ जना कर्मचारी र सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्ने भएको हो ।

Saftey Pads

प्राधिकरणले १०औं तहको प्रवन्धक पदमा सिभिल र इलेक्ट्रिक समुहका लागि एक÷एक जनाको लागि दरखास्त आह्वान गरेको छ । यो पदका लागि नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्षको कार्यानुभव हुनु पर्नेछ। आठौ तहसम्मका पदमा कार्यानुभव हुनु पर्नेछ भने बाँकी पदका लागि आवस्यक पर्दैन।

प्राधिकरणले प्राविधिक तथा प्रसासन दुबै तर्फका रिक्त दरवन्दी पुर्ती गर्ने भएको हो। प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडलरका लागि विज्ञापन खुला गरेको छ। क्षेत्रिय स्तरका कार्यालय तोकेरै कर्मचारी माग गरिएको हो।  योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन्।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु

दोब्बर दोस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ। सम्पुर्ण पदको परिक्षा लोकसेवा आयोगले लिनेछ।  अधिकृत स्तरका पदका लागि १२०० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दश्तुर लाग्नेछ भने सहायक स्तरका पदमा तीन सय रुपैयाँदेखि ८०० रुपैयाँ सम्म लाग्नेछ। पदका आधारमा दश्तुर शुल्क फरक फरक रहेको छ। समावेशी समुहका लागि आवदेन दिनेले थप दश्तुर भुक्तानी गर्नु पर्ने हुन्छ। प्राधिकरणले खुला पदपुर्ती सँगै आन्तरिक बढुवका लागि पनि विज्ञापन खुला गरेको छ।

Maruti Cement