रिसको आवेगमा श्रीमतीलाई कुटपिट, बेहोसीमै गयो ज्यान

Prabhu Bank

काठमाण्डौ । रिसको आवेगमा श्रीमतीलाई कुट्दा बर्दियामा ज्यान गएको छ । मधुवन नगरपालिकाका केशर बहादुर देशुवा मगरले श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरेपछि बेहोश भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

Saftey Pads

जिल्ला अस्पताल बर्दियामा उपचार गर्दा बेहोश भएकी मगरको होस नखुलेपछि ज्यान गएको हो ।

घटनापछि पति केशरबहादुर मगरलाई तारातालबाट खटिएको प्रहरीको टोलीले पक्राऊ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्
Maruti Cement