सबै जिम्मेवार बनौँः सर्वेन्द्र खनाल

Prabhu Bank

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)सर्वेन्द्र खनालले आम नागरिकको साथ सहयोगबिना सडक सभ्यतामा अभिवृद्धि साथै दुर्घटना न्युनिकरण सम्भव नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय – प्रहरी साझेदारी कार्यक्रममा आइजीपी खनालले ट्राफिक प्रहरीले चाहेर मात्र सडक सभ्यतामा अभिवृद्धि ल्याउन नसकिने बताएका हुन् ।

Saftey Pads

सबै ठाउँमा ट्राफिक लाईट नहुँदा यात्रुसँग सँगै ट्राफिक प्रहरीलाई पनि असहजता हुने भन्दै छिट्टै सबै ठाउँमा ट्राफिक लाईटको व्यवस्था गरिने उनले बताए । घरबाट ढिलो निस्किने र गन्तव्यमा छिटो पुग्न खोज्नुले पनि सडक सभ्यता अभिवृद्धि हुन नसकेको उनको भनाइ थियो ।

अधिकांश देशमा ट्राफिक जामको समस्या रहेको भन्दै त्यसको समधानको लागि सबै व्यक्ति जिम्मेवार हुन पर्ने आईजीपी खनालको बुझाइ छ । सभ्य नागरिकले मात्र सभ्य समाज र राष्ट्रको निमार्ण गर्ने उनको तर्क छ । साथै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी सबै क्षेत्रका व्यक्तिको साथ सहयोग अपरिहार्य रहेको बताए ।

अन्य सम्बन्धित समाचार:  प्रहरीलाई गोली हानेर भागेका अपहरणकारी पक्राउ
Maruti Cement