सुरु गर्यो नेपाली सेनाले ‘एक जवान, एक बिरुवा’ रोपन अभियान

Prabhu Bank

काठमाडौं । नेपाली सेनाले ‘एक जवान, एक बिरुवा’ (फलफूलको बोट) रोपण अभियानको सुरुवात गरेको छ । सरकारको एक नेपाली एक बिरुवा रोपन अभियानलाई मूर्त रुप दिन सेनाले कार्यक्रमको सुरुवात गरेको हो ।  सोही कार्यक्रम अन्तर्गत शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर अभियानको सुरुवात गरेका छन् ।

Saftey Pads

प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनाल जंगी अड्डाले जनाएको छ । बृक्षारोपण कार्यक्रममा जंगी अड्डामा कार्यरत सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सेनाले देशभरका पृतना, बाहिनी, गण र गुल्महरुमा १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदा फलफूल तथा अन्या बिरुवा रोप्ने तयारी गरेको छ ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement