आन्दोलन गर्न तयार छौः देउवा

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको बताएका छन् । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेको बताएका हुन् ।

Saftey Pads

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरे । कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरेको उनले बताए ।

मानवअधिकार आयोगमा समेत सरकारले हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए ।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
Maruti Cement