जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

Prabhu Bank

काठमाण्डौ । जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक जना नेपाली सेनाका जवान पक्राउ परेका छन् । सायल गाउँपालिकामा साली नाता पर्ने एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा त्यही स्थानका नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको हो ।

Saftey Pads

साली नाता पर्ने महिलालाई सैनिक जवान विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत रहेको खुल्न आएको छ । गएको असार ८ गते राति मादक पदार्थ सेवन गरी साली नाता पर्ने महिलालाई जवान विष्टले जबर्जस्ती करणी गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  आइतबार महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
Maruti Cement