खुल्यो पोखरा महानगरको ताला, मेयर र वडाध्यक्षबिच भयो यस्तो सहमति

Prabhu Bank

काठमाण्डौ । पोखरा महानगरपालिकामा लागेको ताला शुक्रबार खोलिएको छ । पोखरा महानगरपालिकाका मेयर र वडाध्यक्षबिचको वार्तापछि मूल गेटमा लागेको ताला खोलिएको हो । महानगरपालिकाको बजेटप्रति असन्तुष्ट नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले बिहीबार महानगरको मूल गेटमा ताला लगाएका थिए । शुक्रबार भने मेयर मानबहादुर जिसी र असन्तुष्ट जनप्रतिनिधीबीच महानगरमा छलफल भएपछि ताला खोलिएको हो ।

Saftey Pads

महानगरले असार १० गते ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो । त्यसको भोलिपल्ट बजेट पारित गर्ने विषयमा महानगरले सबै वडामा समावेशी बजेट नराखेको भन्दै असहमति राखेका थिए । असहमतिसहित विरोध गरे पनि बहुमतले बजेट भने पारित भएको थियो ।

अन्य सम्बन्धित समाचार:  गृह मन्त्रालय भन्छ- सङ्कटकाल वा कर्फ्यु लाग्ने कुरा तथ्यहीन

महानगरको वार्षिक विकास कार्यक्रम रेडबुक पनि ढिला दिइएको भन्दै असन्तुष्ट ११ जना वडाध्यक्षहरुले रातो किताब नै च्यातेका थिए । रातो किताब च्यातिएपछि मेयर जिसीले ‘योजना माग्न मै कहाँ आउनुपर्ला’ भन्ने जवाफ फर्काएका थिए । उक्त शब्द पनि फिर्ता लिनुपर्ने मागसहित बिहीबारदेखि महानगरमा तालाबन्दी गरिएको थियो ।

रातो किताब सच्याउन गरेको मागप्रति भने मेयरले हुबहु सबै सच्याउन नसकिने बताएको सहभागीले जानकारी दिए । शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत मेयर जिसीले आफूले योजना छनोट र बजेट बाँडफाँडमा कुनैपनि राजनीतिक रंग नदेखाएको दाबी गरेका थिए ।

Maruti Cement