घुससहित पक्राउ परेका प्रहरी जवानविरुद्ध मुद्दा

Prabhu Bank

काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सशस्त्र प्रहरी जवान अरुण झाविरुद्ध मुद्दा दायर गरेको छ ।

Saftey Pads

सशस्त्र प्रहरी बल, नेपाल, नं ११ गण हेड क्वार्टर हजमिनिया, रौतहटका कार्यरत झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज सेवाग्राहीसँग ३० हजार घुस लिएका थिए ।

रंगेहात पक्राउ परेका झाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको मागदाबीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  देशभर चिसो बढ्दै
Maruti Cement