नेपाल र युएईबीच नयाँ श्रम सम्झौता, हेर्नुस के के छन् सुविधा

Prabhu Bank

काठमाण्डौ । नेपाल र यूएईबीच श्रम सम्झौता भएको छ। अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र युएईका मानव संसाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Saftey Pads

यो भन्दा अघि सन् २००७मा श्रम सम्झौता भएको थियो। अहिले भएको राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरको मान्यता र सिद्धान्त अनुसार सम्झौतालाई समयानुकूल बनाउने उद्देश्यले नयाँ समझदारी पत्रमा हस्ताक्षर गर्न दुवै देशका प्रतिनिधिबिच सहमति भएको थियो। युएईले बिमा कोषको व्यवस्थालगायत श्रम आप्रवासनका क्षेत्रमा हालसालै धेरै सुधारका कदम अघि बढाएको छ।

हालको समझदारी पत्रले कामदारका लागि निम्न विशेषता समेटेको छ 
कामदारको छनौट र भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने
इम्प्लोयर पे प्रिन्सिपल’ लाई स्थापित गरिने
कामदारको रोजगारी रोजगारदाताको कारणले गुमेमा नयाँ ठाँउमा काम खोज्न पाइने
कुनै पनि कामदारलाई ज्याला, ओभर टाइम भत्ता, काम गर्ने वातावरण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने
यूएईकै नागरिक सरह नेपाली श्रमिकलाई समान व्यवहार हुनुपर्ने
महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपाय सुनिश्चित गर्नुपर्ने
राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता
कामदारकको मृत्यु भए शव छिटो माध्यमबाट नेपालमा ल्याउन पहल गर्नुपर्ने
साथै यसका लागि लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने
कामदारले पाउने सेवा सुविधा समयमा नै भुक्तानी गर्नुपर्ने
यसको सुनिश्चितताको लागि यूएई सरकारको तर्फबाट नियमित अनुगमन हुनुपर्ने
कामदार र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति गरिएको
त्यस्तो अवस्थामा कामदारले कानुनबमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्ने सक्ने
कामको क्रममा दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने
निम्न बमोजिम उपदानको व्यवस्था गरिने
पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा बापत २१ दिनका दरले उपदान
सोभन्दा बढी सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान
गन्तव्य मुलुकको कानुनमा कामदारको हित अनुकूल हुने गरी संशोधन भए सो व्यवस्था कामदार र रोजगारदाताबीच सम्पन्न करारमा स्वतः लागू हुने

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका
Maruti Cement