निजगढमा धावनमार्ग र पूर्वाधार निर्माण क्षेत्रमा मात्र रूख काट्न संसदीय समितिको निर्देशन

Prabhu Bank

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने क्षेत्रमा मात्र रुख कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

Saftey Pads

एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने चर्चा चलिरहेका बेला समितिले धावन मार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने स्थानमा मात्र रुख कटान गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो । ’डिटेल डिजाइन अनुसार विमानस्थल धावन मार्ग र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुखहरू मात्र कटान गर्ने अनुमति प्रदान गर्न वन मन्त्रालयलाई निर्देशन दिने,’ समितिको शुक्रवार बसेको बैठकको निर्णयमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा किशोरीसहित तीनको शव भेटियो

समितिले विमानस्थल कुन मोडलमा निर्माण गर्ने भन्ने निर्णय यथाशीघ्र गर्न सरकारलाई निर्देशन दिने निर्णय समेत भएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले जानकारी दिइन् । समितिले टांगिया बस्ती स्थानान्तरणको काम तत्काल शुरू गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्मा समेत सहभागी थिए ।

समितिले यसअघि बाराको निजगढ नै पुरेर विमानस्थल निर्माण हुने भनिएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । यसका अलावा अन्य विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूको सन्दर्भमा समेत समितिले निरन्तर छलफल र निर्देशन दिने काम गर्दै आइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement