ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

Prabhu Bank

काठमाण्डौ । तनहुँमा ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ सुर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

Saftey Pads

उनीहरुले असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए । ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए ।

घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न ब्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन् । तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ
Maruti Cement