सिके राउत नेतृत्वको पार्टीले वृक्षारोपण गर्ने

Prabhu Bank

काठमाण्डौ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसमा १ करोड वृक्षारोपण गर्ने भएको छ । चुरे क्षेत्रमा भएको वन विनासले मधेस संकटमा परेको भन्दै वृक्षारोण अभियान सुरु गर्न लागेको हो ।  ‘घर(घर जायें, पौधे लगायें, पर्यावरण बजायें’ नाराका साथ जनमत पार्टीले असार १५ बाट वृक्षारोपन अभियान सुरु गर्दैछ।

Saftey Pads

असार १५ गते जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई वृक्षारोपण गर्न सो पार्टीले अपिलसमेत गरेको छ। मधेसलाई मरुभूमीकरणबाट जोगाउन वृक्षारोपण अभियान सुरु गर्न लागेको जनमत पार्टीका नेता संजय यादवले बताए।
मधेसको रक्षा गर्न १ करोड विरुवा लगाउने सोच बनाएको उनले बताए। ‘चुरे विनासले मधेस खतरामा छ। कलमा पानी आउँदैन। मनसुन ढिलो आउँछ। वर्षातमा अनियन्त्रित बाढी आउँछ’, उनले भने, ‘त्यसैले वृक्षारोपणको विकल्प छैन।’

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ

उनका अनुसार वृक्षारोपण अभियान पहिल्यैदेखि चले पनि विरुवा अभावले निरन्तरता पाउन सकेको थिएन। अब वन विभाग र स्थानीय तहसँगको सहकार्यमा वृक्षारोपण अभियान सुरु हुँदैछ। विरुवा उपलब्ध गराउन पार्टीले जिल्ला वन कार्यालय र स्थानीय तहलाई पत्राचारसमेत गरिसकेको छ। विरुवा उपलब्ध गराउन केन्द्रीय स्तरमा समेत समन्वय गरिएको उनको भनाई छ।

Maruti Cement