ओखलढुंगामा गरिबलाई टिनको छानो कार्यक्रम निरन्तर

Prabhu Bank

ओखलढुंगा । ओखलढुुंगाको सिद्धिचरण नगरपालिकाले गरिबलाई टिनको छाना कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । गत आर्थिक बर्षबाट सुरु भएको गबिरलाई टिनको छानो कार्यक्रमले यसबर्ष पनि निरन्तरता पाएको हो ।
गत मंगलबार सिद्धिचरण नगरपालिकाको चौथो नगरसमाभामा आर्थीक बर्ष २०७६र७७ को बार्षिक बजेट प्रस्तुत गर्दै उपप्रमुख इच्छाकुमारी गुरुङले गाबिरलाई टिनको छाना कार्यक्रम यस बर्ष पनि सञ्चालन गरिने बताइन् ।

Saftey Pads

नगरपालिकाका १२ वटै वडामा गरिब तथा अतिबिपन्न घरपरिवारको पहिचान गरी उनिहरुलाई जस्तापाता बितरण गर्न लागिएको हो । गरिब तथा अति विपन्न परिवारका सदस्यहरु बस्दै आएका घरबाट खरको छानो बिस्तापित गरी टिनको छाना लगाउन यो कार्यक्रम लागू गरिएको जनाइएको छ । १२ वटा वडा रहेको नगरपालिकामा प्रत्येक वडाबाट पहिलो चरणमा चार–चार जना गरिब परिवारको छनोट गरी जस्तापाता वितरण सुरु गरिएको छ ।\

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो

वडापालिकाको सिफारिसका आधारमा छनोटमा परेका परिवारलाई प्रति घरपरिवार ३ बन्डलका दरले जस्तापाता वितरण गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए । अघिल्लो बर्ष टेन्डर प्रकृयामार्फत १५ लाख रुपौयाको लागतमा जस्तापाता खरिद गरी वितरण गरिएको भएपनि यसबर्ष भने नगरपालिका आफैले खरिद गरी बितरण गर्दैछ ।

टेन्डर प्रकृयामार्फत खरिद गरिएको भन्दा नगरपालिका स्वयमले खरिद गर्दा जस्तापाताको मुल्य सस्तो पर्न जाने भएकाले नगरपालिका आफैंले खरिद गरी वितरण थालिएको प्रमुख श्रेष्ठको भनाई छ । हाललाई १ बन्डल जस्तापाताको मूल्य रु १० हजार रुपौया पर्न जाने अनुमान गरिएको छ ।

सोही अनुसार गरिब तथा अति विपन्न परिवारलाई ३० हजार रुपैयाँ बराबरको जस्तापाता वितरण गरिने छ । गरिबलाई टिनको छाना कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्षमा १ सय २२ वन्डल अर्थात ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको थियो ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ

त्यस्तै यस आर्थिक बर्षमा २४ बन्डल आर्थात ८ घर परिवारलाई वितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए । यस कार्यक्रमले अघिल्लो बर्ष पहिचान भएका नगरपालिका भित्रका ४८ घर गरिब तथा अति विपन्न परिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ ।

Maruti Cement