१३ सय जना डाक्टर बिरामी जाँच्न अयोग्य, लाइसेन्स परीक्षामा कोही ३६ पटकसम्म फेल

Prabhu Bank

काठमाडौं

Saftey Pads

एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् ।

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता)परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।

लगातार ३६ पटकसम्म फेल हुने डाक्टर पनि छन् । कुनै कुनै डाक्टरहरु ३६ पटकसम्म पनि फेल भएका बताईएको छ । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ ।

काउन्सिल श्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् । पटक पटक फेल भएका डाक्टरहरु लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)

यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Maruti Cement