विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

Prabhu Bank

काठमाण्डौ । एक दिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने बेलुकी सवा ६ बजे अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन् ।

Saftey Pads

आजको खेल जितेर पाकिस्तान सेमिफाइनलमा स्थान बनाउने दौडमा रहनेछ । यसपछि पाकिस्तानले बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा जितबिहीन रहेको अफगानिस्तान घर फर्कनुअघि एक जित दर्ता गर्न चाहन्छ । पाकिस्तान ७ खेलबाट ७ अंक सहित अंकतालिकाको छैठौँ स्थानमा छ भने अंकबिहीन अफगानिस्तान पुछारमा छ ।

त्यस्तै ७ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा रहेको अष्ट्रेलिया र ७ खेलबाट ११ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको न्युजिल्याण्डबीचको खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल
Maruti Cement