सामुदायिक बिद्यालयकै अब्बल नमूना नारायणी, एसइई परिक्षामा सर्वेत्कृष्ट नतिजा

Prabhu Bank

काठमाण्डौ । भरतपुरको सामुदायिक स्कूल नारायणी नमुना उच्च मावि यतिबेला नमूना माविका रुपमा देशभर चर्चित छ । चितवनको उत्कृष्ट विद्यालयको रुपमा स्थापित नारायणीले यस बर्षको एसईई परिक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल बन्यो ।

Saftey Pads

विद्यालयबाट एसइई दिएका मध्यहरुबाट ८३ जनाले ‘ए’ प्लस, ९७ जनाले ‘ए’, ५३ जनाले ‘बी’ प्लस, ४० जनाले ‘बी’ र ८ जनाले ‘सी’ प्लस ल्याएका छन् । त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । विद्यालयका प्राचार्य पुर्ण प्रसाद दवाडीले नेपालकै सामुदायीक विद्यालयमा नारायणी नमुना माविको नतिजा उत्कृष्ट भएको बताए ।

नमूनाको इतिहास
यो विद्यालयलाई अझैपनि पुरानो पुस्ताले ‘नाइट स्कूल’ भनेर चिन्छन् । सानो झुप्रोमा मैन्टोल बालेर रात्रि कक्षा सञ्चाल हुन्थे । प्रौढ स्कूलका रुपमा २०२० साल जेठ ६ गतेबाट नारायणी रात्रि हाइस्कूल सञ्चालनमा आएको थियो । तत्कालीन राप्रावि भरतपुरको खुल्लाचौरमा सानो झुप्रोमा करिब ७ महिना ७ कक्षा सुरु भयो । हावाहुरीले बत्ती निभाइदिने, झुप्रो भत्काइदिने समस्या आएपछि रात्रि हाइस्कूल हालको चितवन माविको तत्कालीन पुरानो भवनमा ५ कोठा भाडामा लिएर सञ्चालनमा ल्याइयो । त्योबेला वीरेन्द्र क्याम्पसको रात्रि कक्षासमेत सोही विद्यालयकै भवनमा चल्थे ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

२०२४ साल फागुन १६ गते विद्यालयले स्वीकृत पाएको थियो । वन सीमा क्षेत्र जग्गालाई २०२५ सालमा खनजोत गरेर विद्यालयको नाममा ओगट्ने काम भएको थियो । त्योबेला हालको विद्यालयको जग्गा ऐलानी थियो । २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि ८ देखि १० कक्षा रात्रि समयमा चलाउने स्वीकृति पाएपछि विद्यालय आफ्नै भवनमा सरेको थियो । भरतपुर निमावि कक्षा ४ देखि ७ सम्म नयाँ भवनमा दिउँसो सञ्चालन भएको थियो ।

रात्रि हाइस्कूलमा शिक्षक अधिकांश भरतपुर अस्पतालका कर्मचारी थिए । २०४९ सालदेखि कक्षा १ देखि १० सम्मका कक्षा दिउँसो सञ्चालन भएको थियो । परीक्षा समिति गठन, नियमावली तथा कार्ययोजना बनाएर पढाउन थालेपछि नतिजा सुधारोन्मुख भएको उनी बताउँछन् । २०४५ सालदेखि विद्यालय सुधार अभियान चलाउन थालेपछि विद्यालयले क्रमिकरुपमा नतिजा सुधार्दै जान थालेको थियो ।

कसरी बन्यो नमूना ?
सरकारी लगानीमा स्थापना भएको नारायणी मावि संस्थागत विद्यालयसँगको प्रतिस्पर्धामा निकै अगाडि छ । यो विद्यालय अहिले उचित शैक्षिक गन्तव्यका रुपमा परिचित छ । विद्यालयको नाममा ६ विघा ४ कठ्ठा १४ धुर जग्गा छ । जसमध्ये नजिकैको सप्तगण्डकी क्याम्पसलाई १ विघा भोगचलनका लागि दिइएको छ ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

२ विघामा नारायणी पोलिटेक्निक इन्स्टिच्युट निर्माणाधीन अवस्थामा छ । अर्को वर्षबाट ३ वर्षे ईञ्जिनियरिङको कक्षा सञ्चालन हुने क्रममा छ । मावि तहमा पनि फरेष्ट्री र एजी विषय पढाउन प्रस्तावित छ । हाल २ हजार विद्यार्थी यो विद्यालयमा अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायका कक्षा चलिरहेका छन् ।

कक्षा ६ र ७ बाहेक अन्य सबै कक्षामा अंग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुन्छ । अतिरिक्त कक्षासमेत सञ्चालन हुने गर्छन् । हाल कक्षा १० मा २ नेपाली र ४ अंग्रेजी, कक्षा ९ मा ३ नेपाली र ४ अंग्रेजी, कक्षा ८ मा २ नेपाली र २ अंग्रेजी माध्यमका कक्षा सञ्चालन भइरहेका छन् ।

२०५७ सालदेखि बौद्धिक तथा दृष्टिविहीन विद्यार्थीलाई छुट्टै इकाइ नै बनाएर पढाउने गरिएको छ । २९ जना बौद्धिक अपाङ्ग, ३० जना दृष्टिविहीन विद्यार्थी यहाँ अध्ययनरत छन् । हालसम्म २८ जना दृष्टिविीिन विद्यार्थीले यो विद्यालयबाट एसएलसी पास गरिसकेका छन् । शिक्षा मन्त्रालयले २०६९ सालमा १ सय ५१ सूचकमाथि अध्ययन विश्लेषण गरी यो विद्यालयलाई ‘नमूना मावि’ का रुपमा घोषणा गरेको थियो ।

Maruti Cement