भोज खाँदा धादिङमा २५ जना बिरामी

Prabhu Bank

काठमाण्डौ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसापानीमा पास्नीको भोज खाएकामध्ये २५ जना बिरामी परेका छन् । स्थानीय राजाराम मिजारको छोरीको भोज खाएकामध्ये २५ जनालाई फुड प्वाइजन भएर बिरामी परेका हुन् ।

Saftey Pads

बिरामी परेकाहरुलाई गाउँबाट उद्धार गरी गजुरीमा रहेको गजुरी अस्पताल प्रालिमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । १६ महिला र ९ जना पुरुषको उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या आएको थियो ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement