दाङमा जीप दुर्घटना, चालकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । पश्चिम दाङको श्रीगाउँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्वरको जीप दंगिशरण ७ श्रीगाउँमा सडकमै पल्टिएपछि वडा नं. ७ रचपल निवासी २९ वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो ।

Saftey Pads

घाइते चालक वलीलाई राप्ती प्रादेशिक अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। जीपमा जम्मा ४ जना मात्रै सवार थिए । उनीहरू सबै परिवारका सदस्यहरू मात्रै रहेको खुल्न आएको छ।

जीपमा सवार अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेर आफूले पनि हाम फाल्ने क्रममा जीपले च्यापेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement