छिमेकी मुलुकसहितका मित्रराष्ट्रहरुसँगको सम्बन्ध मजबुतः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थायी सरकार गठनपछि दुवै छिमेकी मुलुकका साथै मित्रराष्ट्रहरुसँगको सम्बन्धमा सुधार आएको दाबी गरेका छन् । परराष्ट्र मन्त्रालयले शनिबार काठमाडौंमा गरेको परराष्ट्र नीतिसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले औपचारिक तथा अनौपचारिक सम्बन्धको पुनरावलोकन गरी छिमेकसँगको सम्बन्ध थप मजबुत् बनाइएको बताए ।

Saftey Pads

नेपाल र भारतका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझाउने वातावरण पनि तयार हुने र सम्बन्ध कसरी अघि बढाउने भन्नेमा समझदारी हुने उनले स्पस्ट पारे । प्रधानमन्त्री ओलीले विदेशी अनुदान र ऋणभन्दा आफ्नो प्राथमिकताअनुसार लगानीलाई प्रोत्साहित गरिने बताए ।

उनले २१औं शताब्दीमा विश्वले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखे पनि साना मुलुकले भने राजनीतिक कूटनीति पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने अवधारणाअनुरुप परराष्ट्र नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

अन्य सम्बन्धित समाचार:  चन्द्रमाको सतहमा भेटियो पानी
Maruti Cement