सर्लाहीमा गोली चल्यो, एक घाइते

Prabhu Bank

काठमाण्डौ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर गोली चलेको छ । अज्ञात समूहको गोली प्रहारबाट लालबन्दी नगरपालिका १ नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन् । ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Saftey Pads

गोली महतोको दाहिने हातमा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। गोली कसले र किन प्रहार गरेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन।

हतियारधारी समूह गोली प्रहार गरी जंगलको बाटो हुदैं पूर्वतर्फ भागेको स्थानीयले बताएका छन्। घाइते महतोको नवलपुरमा समान्य उपचार पश्चात थप उपचारको लगि वीरगन्ज पठाइएको राठौरले बताए।

अन्य सम्बन्धित समाचार:  अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक जनाको अवस्था गम्भीर
Maruti Cement