रोपाईँ शुरु नहुँदै तीजः हाम्रो मौलिकता खोई?

 तीज नेपाली समाजमा महिलाहरु द्वारा मनाइने महत्वपूर्ण पर्व हो। आधुनिक नेपाली समाजमा तीजको जसरी व्याख्या गरिएता पनि यो पौराणिक कालदेखि चल्दै आएको परम्परा हो। तीजका धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका बारेमा मानिसहरूले आ आफ्नो तरिकाले व्याख्या गरेता पनि समग्रमा यो सांस्कृतिक महत्व सहितको परम्परा हो भन्न सकिन्छ। सामान्यतया विक्रम संवतको पात्रो अनुसार तीज पर्व भाद्र शुक्ल पक्षको तृतीया तिथिमा पर्छ तर द्वितीयादेखि पञ्चमी सम्म यो पर्व मनाईन्छ। तीजका धार्मिक र सांस्कृतिक महत्व धेरै भएपनि यसको सामाजिक महत्व भने फरक छ। पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन्, यस अर्थमा भन्ने हो भने चुलो चौकोमा महिलाहरू सीमित रहने हाम्रो सामाजिक संरचनामा तीज एउटा महिला स्वतन्त्रताको मानक हो भन्न सकिन्छ। परम्परागत मान्यताको वस्तुगत विश्लेषण गर्ने हो भने कृषिमा आधारित हाम्रो समाजमा वर्षायाम भरी खेतीपातीको काम सकेर नाचगान गर्ने मनोरञ्जन गर्ने पर्वको रुपमा तीजलाई लिन सकिन्छ। ग्रामीण समाजमा ठूलो आँगन भएको घरमा तीजको दिन भन्दा केहि पहिले देखि महिला दिदीबहिनीहरू जम्मा भएर वेदनाले भरिएका गीतका भाकामा नाचगान गर्ने गर्दथे र तीजका दिन गाउँको चौतारो या चौरमा नयाँ लुगा लगाएर दिनभर नाचगान गरि रमाइलो गर्ने गर्दथे। तीजको यो परम्परागत चलनलाई प्रविधिको विकासले भने मोडिदिएको छ।
हाम्रो खेतमा रोपाईं शुरु भएको छैन, हामी तीजका आधुनिक भाकामा टिकटक बनाईरहेका छौं। काठमांडौमा आलो पालो दर खाने समय शुरु भईसकेको छ।मादल गाउँबाट विस्थापित भईसक्यो, हामी ननअग्र्यानिक संगीतको तालमा नाँचिरहेका छौं। थकान मेट्न मनोरञ्जनका लागि तीज भाका गाएर नाचगान गर्ने हाम्रा दिदीबहिनीहरू साउन नलाग्दै पार्टी प्यालेस तिरको तडकभडकपूर्ण दर खानमा रमाईरहेका छौं।
गीत रेकर्डिङ गर्न मिल्ने क्यासेट प्रविधि भित्रिएपछि गायक सर्जकहरू मौलिक तीजका भाकाहरू क्यासेटमा रेकर्ड गरेर बजारमा पठाउन थाले। अन्य मनोरञ्जनका क्षेत्रजस्तै तीजका गीत संगित पनि क्यासेट, सिडि,भिडियो हुदै डिजिटल प्ल्याटफर्ममा आईपुगेका छन्। गीतसंगीत सुन्नका लागि कुनै खास समय या मौसम भन्ने सवाल उठ्दैन यद्यपी तीज भाकाको मौलिकतालाई आत्मसात गर्ने हो भने तीजका भाकाहरू तीजकै समयमा बढी सान्दर्भिक देखिन्छन्। असारको दोश्रो साता यो अालेख तयार पारिरहँदा यो बर्षका दर्जनौं तीजभाकाहरु युट्यूबमा छ्यापछ्याप्ती भईसकेका छन। यो बर्षमात्रै होईन नेपाली संगित बजारमा म्यूजिक भिडियोको प्रवेश भएसँगै तीज गीतहरु बेमौसमी तरिकाले सार्वजनिक भईरहेका छन्।सवाल गीत चाँडै किन सार्वजनिक हुन्छन भन्ने मात्रै पनि होईन, सवाल हाम्रो मौलिक तीज भाकाको खोजी पनि हो। पछिल्ला केहि बर्ष सार्वजनिक भएका अधिकांश तीज गीतहरुले तीजको मौलिक भाकालाई त पूरै बिर्सेका छन् नै त्यस बाहेक तीज भाकाहरुमा छाडापन पनि उल्लेख्य मात्रामा देखिन्छ।
मेरी एक छिमेकी दिदी छिन्, उनको घरको आर्थिक अवस्था कमजोर छ, उनी नयाँ नयाँ डिजाईनका साडी र गहना किन्न सक्दिनन्, बिहान साँझ हात मुख जोर्न धौ धौ परेको बेला गहनाको मोह उनलाई हुने कुरै भएन, त्यसैले सकेसम्म उनी तीजमा माईती नआउने बहाना गर्छिन्, आई हाले पनि तीजको दिनको नाँचगानमा उनी बाहिर निस्कदैनिन्। यो आलेखमा नेपाली गीतसंगीतको कर्ममा लाग्नु भएका तमाम सर्जकहरुको हुर्मत लिन खोजिएको होईन, तर हाम्रो जस्तो विविधतायुक्त समाजमा कुनैपनि परम्पराको मौलिकताको ख्याल नगरिनु दुखद पक्ष भने पक्कै हो। हाम्रो खेतमा रोपाईं शुरु भएको छैन, हामी तीजका आधुनिक भाकामा टिकटक बनाईरहेका छौं। काठमांडौमा आलो पालो दर खाने समय शुरु भईसकेको छ।मादल गाउँबाट विस्थापित भईसक्यो, हामी ननअग्र्यानिक संगीतको तालमा नाँचिरहेका छौं। थकान मेट्न मनोरञ्जनका लागि तीज भाका गाएर नाचगान गर्ने हाम्रा दिदीबहिनीहरू साउन नलाग्दै पार्टी प्यालेस तिरको तडकभडकपूर्ण दर खानमा रमाईरहेका छौं।
समाजका हरेक अवसर महिला र पुरुषका निम्ति समान हुनुपर्छ, उनीहरुले पूर्ण स्वतन्त्रताको अनुभूति गर्न पाउनु पर्छ तर धान रोप्ने बेलामा हामी कस्मेटिक तीजका टिकटकमा रमाईरहेका छौं। हरेक घरमा हुने मादल हेर्न संग्रहालयमा जानुपर्ने भईसक्यो। मौलिक भाकाहरू हराईसके, माईती गएर दर खाने हाम्रा चेलीहरुलाई हामी पार्टी प्यालेसतिर बानी पार्दै छौँ। मौलिकता हाम्रो पहिचान हो, हाम्रो आफ्नै पहिचान मेट्नु भनेको आफू हुनुको अस्तित्व नै मेट्नु होईन र ? हाम्रो भोलिको पुस्ताले नेपाली मौलिक तीजको परिभाषा कसरी गर्ला? यो गम्भिर विषय होईन र?
हो, हामी एक्काईसौं शताब्दीमा छौं, यो समय हाम्रा आमा दिदी, बहिनी, भाउजु, श्रीमती घरको चुलोचौकोमा सीमित हुनु हुदैन। समाजका हरेक अवसर महिला र पुरुषका निम्ति समान हुनुपर्छ, उनीहरुले पूर्ण स्वतन्त्रताको अनुभूति गर्न पाउनु पर्छ तर धान रोप्ने बेलामा हामी कस्मेटिक तीजका टिकटकमा रमाईरहेका छौं। हरेक घरमा हुने मादल हेर्न संग्रहालयमा जानुपर्ने भईसक्यो। मौलिक भाकाहरू हराईसके, माईती गएर दर खाने हाम्रा चेलीहरुलाई हामी पार्टी प्यालेसतिर बानी पार्दै छौँ। मौलिकता हाम्रो पहिचान हो, हाम्रो आफ्नै पहिचान मेट्नु भनेको आफू हुनुको अस्तित्व नै मेट्नु होईन र ? हाम्रो भोलिको पुस्ताले नेपाली मौलिक तीजको परिभाषा कसरी गर्ला? यो गम्भिर विषय होईन र? संस्कृतिको सम्मान गरौँ, तीजका मौलिक भाका सहितका गीत रेकर्ड गरौं, सकेसम्म तडकभडकपूर्ण दरखाने कार्यक्रम नगरौं बरु तीज वरपरका केहि दिन मौलिक ढंगले चौतारोमा जम्मा भएर रमाइलो नाचगान गरौँ। बरु हाम्रा चेलिबेटीहरुको उत्साहको महापर्व मानेर तीजको मौलिकता गाउँगाउँमा पर्यटक समेतलाई देखाउने गरौँ,प्रविधिको निरन्तर प्रयोग गरौँ तर आफ्नो मौलिक पहिचानको जगेर्ना गर्न नबिर्सौ।
Maruti Cement