मदन भण्डारीको हत्या नैः प्रचण्ड

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रीतको हत्या नै भएको तर कसले गर्यो भन्ने पत्ता नलागेको बताएका छन् ।

‘मदन भण्डारीको नियोजित हत्या हो । दुर्घटना होइन भन्ने जनतालाई लागेको छ,’ मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा दाहालले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं ।

भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए ।

अन्य सम्बन्धित समाचार:  धनुषा: पोखरीमा दुई बालिकाको शव फेला
Maruti Cement