विकासको वर्षमा प्रवेश भयोः रक्षामन्त्री

Prabhu Bank

काठमाण्डौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार अब विकासको वर्षमा प्रवेश गरेको बताएका छन् । स्व. मदन भण्डारीको ६८औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Saftey Pads

उनले संविधानसँगै सरकारको संरचना, व्यवस्था नै परिवर्तन भएकाले त्यसको व्यवस्थापनमा सरकारले एक वर्ष बिताएकाले सरकारको कामकाजबारे टीकाटिप्पणी भएको बताउँदै सरकार पाँच वर्षसम्म चल्नेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले नजान्ने भन्दै हल्लाको पछि नलाग्न आग्रहसमेत गरे । भद्र सहमति भएकोमा अभद्र तरिकाले चर्चा भएको उनको भनाइ छ । नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले कार्यकर्ता र जनतालाई दुई अध्यक्षबीच भद्र सहमति भएको भन्दै अभद्र तरिकाले आएका चर्चाको पछाडि नलाग्न अनुरोध गरे ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

कार्यकर्तालाई पार्टीको मार्गदर्शन, मदन भण्डारीको जनताको बहुदलीय जनवाद र आजको सन्दर्भमा प्रशिक्षित गर्दै पोखरेलले पार्टी एकता कार्यकर्ताको, जनताको चाहना र राष्ट्रिय आवश्यकतानुसार भएको बताए । मन्त्री पोखरेलले पार्टी एकतापछि विचारलाई व्यवस्थित गरी वैज्ञानिक तरिकाले संगठन कमिटीलाई व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

Maruti Cement