पर्याप्त वर्षा नहुँदा कृषकका लागि असार १५ खल्लो

Prabhu Bank

काठमाण्डौ । आज, असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ । सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ विभिन्न ठाउँमा रोपाइँको कार्यक्रम पनि हुँदैछ ।

Saftey Pads

यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका–८, बर्दियामा आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल, कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ । सरकारले तामझामका साथ कार्यक्रम गरे पनि पर्याप्त मनसुनी वर्षा नहुँदा असार १५ को महत्वपूर्ण दिन किसानका लागि खल्लो भएको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

यस वर्ष धानको उत्पादन घट्ने आँकलन गरिएको छ । गएको वर्षको तुलनामा यस वर्ष १० दिन मनसुन ढिला हुँदा धानको उत्पादन घट्ने आँकलन गरिएको हो । यस वर्ष जुन १० देखि सुरु हुनुपर्ने मनसुन जुन २० देखि मात्र सुरु भएको छ । १० दिन ढिलो गरी सुरु भएको मनसुन पनि सक्रिय नहुँदा पर्याप्त मात्रामा पानी परेको छैन । यो वर्ष प्रदेश १, २, ३ र ५ मा औषत भन्दा कम पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । गएको वर्ष उपयुक्त वर्षा भएका कारण ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो ।

यो वर्ष असार १५ सम्ममा आइपुग्दा मध्यपहाडी क्षेत्रका केही ठाउँमा रोपाइँ भए पनि धेरै क्षेत्रमा रोपाइँ हुन सकेको छैन । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये ७ प्रतिशत धानले ओगटेको छ । धान उत्पादनको कमीले नेपालको अर्थतन्त्रमा समेत असर पर्ने विज्ञहरूको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  धनुषा: पोखरीमा दुई बालिकाको शव फेला
Maruti Cement