पेरु कोपा अमेरिकाको सेमीफाइलनमा, उरुग्वे पराजित

Prabhu Bank

काठमाडौं । लुइस स्वारेजले पेनाल्टी सुटआउटमा गोल गर्न नसकेपछि उरुग्वेलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को सेमीफाइनलमा पुगेको छ । क्वाटरफाइनलअन्तर्गत आइतबार बिहान पेरुले उरुग्वेलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गरेको हो ।

Saftey Pads

निर्धा्रित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाईब्रेकरमा स्वारेजको प्रहार पेरुका गोलकिपरले असफल पारेका थिए । पेरुका पाँचै जनाले गोल गरे भने उरुग्वेका चार जनाले मात्रै पोष्टको दिशा दिन सफल भए ।

पेरु टाईब्रेकरबाट सेमीफाइनल पुग्ने तेस्रो टीम हो । यसअघि चिली र ब्राजिलले टाईब्रेकरबाटै सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा पेरुले ३ जुलाईमा साविक विजेता चिलीको सामना गर्नेछ । अर्जे्न्टिना र ब्राजिलबीच २ जुलाईमा पहिलो सेमीफाइलन हुनेछ ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: पञ्जाबलाई हैदराबादसँग बदला लिने अवसर
Maruti Cement