‘धर्तीमाता’ बताउने कुँवरलाई ७ दिन थुनामा राख्न अनुमति

Prabhu Bank

काठमाडौं । ‘धर्तीमाता’ बताउने महिलालाई ७ दिन थुनामा राख्न अनुमति दिईएको छ। काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको हो ।

Saftey Pads

शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी कुँवरलाइ अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।

उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो ।

अन्य सम्बन्धित समाचार:  खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक
Maruti Cement